बाल यौन दुरुपयोगमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष छ महिना कैंद सजाय
खोटाङ, २५ माघ । बाल यौन दुरुपयोग कसूरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैंद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायधीश नारायणप्रसाद दाहालको इजलासले आज (शुक्रबार) सजाय निर्धारण गरेको हो ।
यही माघ–१० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैंदका साथै रु एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार सीताराम खड्काले जानकारी दिनुभएको छ । यस्तै, पीडित किशोरीलाई रु एक लाख ५० हजार क्षतिपूर्ती दिन सजाय फैसला भएको अदालतले जनाएको छ ।
कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरुपयोग कसूरमा अदालतले कृषिविज्ञ राईलाई माघ–१० गते कसूर ठहर गरेको थियो ।
...
