दिक्तेल रुपाकोट मझुवागढीको श्री मावि लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुग्यो
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुगेको छ । विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आज (बिहीबार) थप दुईवटा नयाँ अक्षयकोष स्थापना गरिएसँगै श्री मावि लफ्याङमा अक्षकोषको सङ्ख्या १५ पुगेको हो ।
निधन भएका आफन्तको स्मृतिमा रु ५० हजार राशिको स्वर्गीय दीर्घराज–चिनिमाया राई अक्षय कोष र रु ५१ हजार ५५५ राशिको स्वर्गीय भक्तकुमार राई स्मृति अक्षयकोष गरेपछि विद्यालयमा १५ वटा अक्षयकोष भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले जानकारी दिनुभएको छ । उक्त विद्यालयमा सबैभन्दा पहिलो अक्षयकोष वि. सं. २०६८ सालमा रु दुई लाख ६६ हजारको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । यही अक्षयकोषलाई ६५ औं वार्षिक उत्सवको अवसरमा नाम परिवर्तन गरी स्वर्गीय श्य...
