निर्वाचन आयोगमा मतदाताका गुनासै गुनासा
२० माघ,काठमाडौं ।मतदाता,नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ ।निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहेमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ।
माघ ५ गते स्थापना भएको कल सेन्टरमा स्थापनाको दुई सातामा एक हजार ६७७ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएको आयोजले जनाएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार,तीमध्ये मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरूको संख्या ९०६ छ ।बाँकी निर्वाचन आचारसंहिता सम्बन्धी १३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य ५७५ वटा रहेका छन् ।
एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा रहनुपर्ने छैन।यसका लागि कल सेन्टरमा ६ वटा डेस्क राखिएको छ।निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरू मुख्यतस् चार प्रकृतिका ...
