Wednesday, June 3

Author: News हेर्नुस्

सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

#
२० माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो । आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र, राहदानी,सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।  ...

सुन तोलामा ३७ सयले बढ्यो

#
२० माघ,काठमाडौं ।नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ। आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो। आज चाँदीको भाउ पनि बढेको छ ।चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ । सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।...

निर्वाचन आयोगमा मतदाताका गुनासै गुनासा

#
२० माघ,काठमाडौं ।मतदाता,नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ ।निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहेमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ। माघ ५ गते स्थापना भएको कल सेन्टरमा स्थापनाको दुई सातामा एक हजार ६७७ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएको आयोजले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार,तीमध्ये मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरूको संख्या ९०६ छ ।बाँकी निर्वाचन आचारसंहिता सम्बन्धी १३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य ५७५ वटा रहेका छन् । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा रहनुपर्ने छैन।यसका लागि कल सेन्टरमा ६ वटा डेस्क राखिएको छ।निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरू मुख्यतस् चार प्रकृतिका ...

निर्वाचनमा फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्य

#
२० माघ,काठमाडौं ।आगामी फागुनमा २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सोसल मिडियामार्फत फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्यको सहमति भएको छ। निर्वाचन अवधिमा फैलिने गलत तथा भ्रामक सूचनाको तथ्यजाँच गरी सही सूचना आमनागरिकसम्म पुर्‍याउने उद्देश्यसहित यो सहकार्य भएको हो। नेपाल फ्याक्टचेकका परियोजना प्रमुख उज्ज्वल आचार्य र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सोमबार सहमति पत्रमा हस्ताक्षर गरेका छन्। ‘मिथ्या सूचनाले नेपाली समाज,राजनीति तथा विशेषगरी निर्वाचन प्रक्रियामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने सहकार्य भएको हो,’ दुवै संस्थाले भनेका छन् । निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचनाले लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पार्न सक्ने भएकाले त्यसविरुद्ध सचेत पहल आवश्यक रहेको सम्झौता पत्रमा उल्लेख छ । सहमतिअनुसार नेपाल फ्याक्टचेकले अनलाइनखबरका लागि ...

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

#
२० माघ,दमौली (तनहुँ) ।ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारको मुआब्जा निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक,बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ। यस्तै,समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ । साथै बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्ने विषयमा समेत छलफल भएको थियो । आयोजनाको प्याकेज–१ अन्तर्गत ...

आमाको नामबाट पहिलोपटक नागरिकता

#
१९  माघ,सर्लाही ।सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । नेपाल नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली,२०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो। लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले अंगीकृत नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार यसअघि कानुनी अस्पष्टता र प्रक्रियागत जटिलताका कारण बाबुको पहिचान नखुलेको वा बाबु विदेशी भएको अवस्थामा नागरिकता प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो । तर पछिल्लो संशोधित कानुनी व्यवस्थाले आमाको नागरिकता,वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातका आधारमा नागरिकता प्रदान गर्ने बाटो खुलेपछि यो प्रकृया सहज भएको उनको भनाई छ।...

धुलो टकटक्याएर खरानीबाट उठ्दैछ प्रहरी : आईजीपी कार्की

#
१९ माघ,काठमाडौं ।प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित भइरहेको बताएका छन् । आज सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८३ औं समूह दीक्षान्त समारोहमा उनले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव,जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको जिकिर गरे । प्रहरीले विभिन्न घटनाक्रमपछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनस् नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको पनि उनले बताए । आईजीपी कार्कीले भने ,‘नागरिकका अनगिन्ती समस्या,असिमित अपेक्षाहरूको सामना,समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको छ।’ दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने उनले जान...

संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन

#
१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद्को राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । आज सोमबार उनले पहिलोपटक संसद्लाई सम्बोधन गरेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले प्रधानमन्त्री बन्ने अवसर दिएको पनि जिकिर गरिन् । यस्तो छ उनको सम्बोधन :- सम्माननीय अध्यक्षज्यू, २०८२ भदौ २३ र २४ गते जेनजी युवाहरुको अगुवाइमा भएको आन्दोलनका जगमा गठित अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मैले पहिलोपटक राष्ट्रिय सभाको यस गरिमामय बैठकमा उपस्थित भई केही कुरा राख्न पाउँदा मलाई एउटा ऐतिहासिक मोडको साक्षीका रूपमा गम्भीर जिम्मेवारी बोध भएको छ। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरुलाई बधाईसहित उपलब्धिमूलक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यस्तै आफ्नो कार्यकाल पूरा गरी व...

गुल्मीमा किशोरीलाई एचपीभी खोप लगाइँदै

#
१९ माघ, गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ ।  किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको  छ ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुन

#
१९ माघ, काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो । सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।...