Wednesday, June 3

सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

२० माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो ।

आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र, राहदानी,सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।