पार्टीको हरेक संरचनामा ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व गराउन माग
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्षमुनिका युवाहरूले ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग भएको छ ।झापाका ४० मुनिका पार्टी राजनीतिमा आबद्ध युवाहरूले मंगलबार भेला गर्दै दबाब दिएका छन् ।
झापाको सो भेलाले अवधारणा पत्र नै पारित गरेको छ । मिलन चापागाईंको संयोजनमा पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको बताइएको छ ।
अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख छ ।
लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध सङ्गठित खबरदारी गर्ने, पारदर्शीता र जवाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषय...

