Saturday, August 1

फागुन–१ गतेदेखि दिक्तेल बजारमा ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव’

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, ...

दश स्थानीय तहका नौँ हजार ९९५ किशोरीलाई एचपिभी खोप

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ माघ । जिल्लाका करिब दश हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप उपलब्ध गराउनेगरी खोटाङमा एचपिभी खोप कार्यक्रम शुरुवात् गरिएको छ । देशभर एकैसाथ शुरुवात् गरिएको एचपिभी खोप अभियान अन्तरगत जिल्लाका नौँ हजार ९९५ जना किशोरीलाई एचपिभी खोप उपलब्ध गराउनेगरी खोप कार्यक्रम शुरुवात् गरिएको हो । कक्षा–६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय, खोटाङका प्रमुख जिवन चौलागाईँले जानकारी दिनुभएको छ । खोप अभियानका लागि २७४ खोप केन्द्रमा ५४८ स्वयम्सेवक र १०१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जिल्लाका दशवटै स्थानीयमा दुई चरण गरेर खोप अभियान सञ्चालन हुने जनाइएको छ । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी...

नेर्पा भुलभुले पुरुष फुटबल प्रतियोगिता–२०८१ : दोर्पा चिउरीडाँडाको विजयी यात्रा शुरु

#, कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ माघ । नेर्पा स्पोर्टस् क्बलले नेर्पा खोटाङले आयोजना गरेको ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाले विजयी यात्रा शुरुवात् गरेको छ । नेर्पास्थित नेर्पा स्पोर्टस् क्लब नेर्पाको आफ्नै खेलमैदान संसारीडाँडामा आज (मङ्गलबार) दिउँसो भएको उद्घाटन खेलमा साकेला गाउँपालिका–५ मात्तिमलाई एक गोलका विरुद्ध चार गोल गर्दै दोर्पा चिउरीडाँडाले विजयी यात्रा शुरुवात् गरेको हो । निर्धारित समयको पहिलो हाफमा पेनाल्टीमार्फत एक गोल गर्दै अग्रता लिएको दोर्पाले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’को विजेता दोर्पा चिउरीडाँडासँगको खेलमा मात्तिमले दोस्रो हाफपछि एक गोलमात्र फर्काएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित वडा कार...

माओवादी केन्द्र साकेला गाउँपालिका अध्यक्षमा उन्नत राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) साकेला गाउँपालिका कार्यसमितिको अध्यक्षमा उन्नत राई चयन हुनुभएको छ । माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले उन्नत राईको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन भएको गरेको हो । समितिको उपाध्यक्षमा भरत बस्नेत, गौतम राई र भोला फुयाल, सचिवमा गोविन्द तामाङ, सहसचिवमा सर्मिला भट्टराई कोषाध्यक्ष नीर चाम्लिङ चयन हुनुभएको छ । गाउँपालिका कार्यसमितिको सम्मेलन उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामुकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’, प्रदेश अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’, उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सहईन्चार्ज सुरेश राई, प्रदेश सदस्य एवम् जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश सदस्य एवम् दिक्ते...

बाँसुरीको धुनसँगै झुमेको खोटाङ

#, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
खोटाङ, २० माघ । माघ महिनाको मध्येतिर धुम्मिएको दिन । बिहानको करिब ११ बजेदेखि गुञ्जनु शुरु भएको बाँसुरीको धुन गहिरो ठण्डी (ठिही) बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो । बाँसुरीको धुनमा मिसिएका तबला, सारांगी, मादल लगायतका ताल र धुनहरु सुनमा सुगन्ध बनेका थिए । मुख्य आकर्षण थिए चर्चित बाँसुरी बाद्यक नरेन्द्रबिक्रम राई । नरेन्द्र लगायत नेपालका बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेका थिए । ख।ेटाङको दिक्तेलबजारस्थित सरस्वती माबिमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनहरुले जिल्लाबासीको जाडो छलिरहेका थिए । सन्दर्भ, प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी बाद्यन तथा स्कुल स्तरीय गायन÷बाद्यन प्रतियोगिता–२०८१ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको उक्त कार्यक्रममा नेपालका चर्चित...

बेसाहारा बनेकी ७२ वर्षीया वृद्धा र एक महिलाको उद्दार

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण
खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेसाहारा बनेकी एक बृद्दा र एक महिलाको उद्दार गरी मानब सेवा आश्रम बिराटनगर पठाएको छ । नगरपालिकाले वडा नम्बर ४ खाल्लेकी ७२ बर्षीया टीकामायाँ सार्की र वडा नम्बर १४ बुइपाकी ५१ बर्षीया मनमायाँ फुयाँललाई उद्दार गरी उपचार र सुरक्षित आश्रयको लागि बिराटनगर पठाएको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल खोटाङको सहयोग तथा सहकार्यमा उद्दार गरी शनिबार बिहान जीपमार्फत बिराटनगर पठाईएको हो । टीकामायाँ एक छोरीको संरक्षणमा बस्दैआउनुभएकी थिईन । बृद्दा टीकामायाँ बिरामी परेकी कारण एक महिना अगाडीदेखि जिल्ला अस्पताल खोटाङमा उपचाररत रहनुभएको थियो । आमा टीकामायाँको उपचारकै अवधीमा घरमा छोरीको अचानक निधन भएको थियो । टीकामायाँलाई अस्पतालले डिस्चार्ज दिईसकेको भए पनि छोरीको निधनपछि आफन्तबिहिन बनेपछि अस्पतालले नै अभिभाबकत्व ग्रहण गरी संरक्षण दिईरह...

भँडारेखोला सुमो दुर्घटनाका तीनैजना मृतकको शव परीक्षणका लागि दिक्तेल ल्याइयो

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ माघ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तल–काठमाडौँ सडकखण्डको ओखलढुङ्गास्थित भँडारेखोलामा भएको सुमो दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको शव परीक्षणका लागि दिक्तेल ल्याइएको छ । ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटनाका मृतकहरु केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायाँ गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाँकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको शव परीक्षणका लागि आज (शुक्रबार) जिल्ला अस्पताल दिक्तेल ल्याइएको हो । जलनका बिरामी लिएर बुधबार साँझ दिक्तेलबाट काठमाडौँ हिँडेको पूर्व खोटाङ यातायात प्रा.लि.को सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टेकसेलेस्थित भँडारेखोलामा दुर्घटना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । सडकबाट करिब १०० मिटर तल झरेर भएको दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको शव परीक्षणका लागि आ...

विश्वकर्मा दाजुभाइको राष्ट्रभावले ओतप्रोत गीत ‘छहरा छाँगा’ सार्वजनिक (भिडियोसहित)

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दाजुभाइ गायक तथा सँगीतकार भक्त विश्वकर्मा र केदार अनुरागीको स्वरमा सजिएको ‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक भएको छ । विश्वकर्मा दाजुभाइले तयार पार्नुभएको राष्ट्रभावले ओतप्रोत गीतलाई खबरमल्टी नामक यू–ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । करुणा फाउण्डेशनको सहयोगमा तयार पारिएको विश्वकर्मा दाजुभइको गीतमा राष्ट्रभाव प्रकट गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कृष्णप्रसाद आचार्यको शब्द र भक्त विश्वकर्माको सँगीत रहेको गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौँमा रेकड गरिएको हो । बीबी अनुरागीको म्यूजिक अरेञ्ज रहेको गीतको रेकर्डिष्टमा गोविन्द अनेक र कमल थापा रहनुभएको छ । गीतको रिदम गिटारमा सञ्जीव बराइली, सारङ्गीमा हेमन्त कान्छा रसाइली, रिदममा भुवन गन्धर्ब, बाँसुरीमा गोपाल देव रहनुभएको छ । सम्वादसहित सा...

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालियो

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ माघ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।” भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको,...

कुकुरले शरीरजति आएको अवस्थामा नवजात शिशुको एउटा हात फेला

कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीरजति खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला परेको छ । जालपास्थित खरबारीका जसबहादुर राईको घर नजिकै पर्ने बाँसघारीमा नवजात शिशुको शव गाडेको छ भन्ने स्थानीयले दिएको जानकारीको आधारमा आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोली पुग्दा कुकुरले शरीरजति खाइसकेको अवस्थामा शिशुको एउटा हात फेला परेको हो । घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिनुभएको छ । जालपामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको विषयमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बाँसघारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको ...