महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि
खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा आज (बिहीबार) साँझ सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि उचालेको हो ।
प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निक्कै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरुद्ध कुनै पनि गोल फर्काउन नसक्दा पाँचौँ संस्करणको उपाधि चुम्नबाट चुकेको हो ।
प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रु एक लाख ३३ हजार ३३३ तथा उपविजेता ...
