कोशी प्रदेशका मन्त्री राईविरुद्ध कार्यकर्ताको नाराबाजी, कडा सुरक्षाघेराभित्र वार्ता हुँदै
खोटाङ, २५ वैशाख । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईविरुद्ध आज (बिहीबार) गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकामा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
नागरिक भेटघाट कार्यक्रम लिएर गृह जिल्ला खोटाङ आउनुभएका मन्त्री राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् । मन्त्री राईको कार्यक्रम अवरोध गर्न साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई आफै टोलीको नेतृत्व गर्दै कार्यक्रमस्थलमा खटिनुभएको छ ।
कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानक...
