चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ ।
गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ । ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख ईन्जिनियर रमेशकुमार यादवले जानकारी दिनुभएको छ ।
चिसापानी बजार ढलानका लागि भ्याटसहित रु एक करोड चार लाख ४२ हजार ३३ तथा गाउँपालिका जाने बाटो ढलानका लागि रु ५९ लाख १३ हजार ७३४ लागतमा ठेक्का लगाइएको छ । चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने, गाउँपालिका जाने बाटो ढलानको...


