खोटाङमा भेटियो अति सङ्कटापन्न सूचीमा रहेको कालो सालक
खोटाङ, २० पुस । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अति सङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्याप गर्दा कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामेरा ट्र्याप प्रविधिमार्फत सर्वेक्षण गर्दा कालो सालकको बसोबास रहेको पुष्टि भएको जनाइएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।
एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र दश प्रजा...

