हलेसी तुवाचुङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खोटाङ, २६ पुस । हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शैक्षिक सुधारसँगै खेल क्षेत्रलाई पनि विद्यालयस्तरबाटै विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो ।
नगरपालिकाभरिका १२ सामुदायिक र एक संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेश निरौलाले जानकारी दिनुभएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा वडा नं. १० अर्खौलेको बिजुलेस्थित साल्पा खेल मैदानमा सुरु भएको प्रतियोगिता पुस–२८ गतेसम्म सञ्चालन हुनेछ ।
भलिबल, कबड्डी र एथलेटिक्स अन्तरगत १५ इभेन्टमा विद्यालय र विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोग...

