नयाँ वर्ष–२०८२ को अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ गर्ने तयारी
खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष अर्थात् वि.सं. २०८२ वैशाख–१ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तको सूचिमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वडा नं. २ सोल्मास्थित हुर्लुङमा दुई दिने महोत्सवको आयोजना गरेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन, स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरु स्टलको रुपमा प्रदर्शनी गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “महोत्सवको लागि वडा नं. १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा आयोजक समिति ...
