प्रतिनिधिसभा निर्वाचन : खोटाङका २१ मतदानस्थल अतिसंवेदनशील
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ ।
आगामी निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अन्तरगत मतदानस्थलहरु निरीक्षण तथा अनुगमन गरेका थियौँ । अनुगमन प्रतिवेदनको आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका छौँ”, उहाँले भन्नुभयो, “मतदातालाई सुरक्षित र भयरहित वातावरण...
