दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश भएसँगै अघि बढ्ने विश्वास
खोटाङ, १७ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ–१५ गते प्रस्तुत गर्नुभएको बजेटमा समावेश गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोटिब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईले बताउनुभएको छ । “दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा मुआब्जाका लागि पटक–पटक छलफल भएपनि बजेट अभावका कारण निर्धारण हुन सकेको छैन् । यो पटक सरकारले बजेटमा आयोजनालाई समावेश गरेको छ”, उहाँले भन्नु...
