Wednesday, October 28

विदेश/प्रवास

प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ शुरु भएको छ । विश्वमै लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटकन प्रवद्धन गर्ने उद्देश्यका साथ नगरपालिकाले पर्यटकीयस्थल हुर्लुङमा वैशाख–१ र २ गते (दुई दिने) महोत्सवको आयोजना गरेको हो । दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धि पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादनहरु स्टलको रुपमा राखिएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरुसमेत स्टलको रुपमा प्रदर्शन गरिएको छ । नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिताहुनेगरी महोत्सवको आयोजना गरिएकाले स्...

प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : लोपोन्मुख जीवजन्तु संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३१ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर वैशाख–१ र २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’को सम्पूण तयारी पूरा भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको हुर्लुङमा आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन स्वतः स्फूर्तरुपमा नगरवासी लागिपरेका छन् । नगरपालिकाभित्र बसोवास गर्ने विभिन्न जातजातिका समुदायले आ–आफ्नो संस्कार–संस्कृति झल्किने परम्परागत घर तथा स्टलहरु छुट्टाछुट्टै निर्माण गरेका छन् । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख रेड पाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सवको आयोजना गरिएको नगरप्रमुख तीर्थरा...

सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भत्र्सना

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिक–६ छितापोखरीको मैस्याङटारस्थित सुम्निमा–पारुहाङ पार्क (उद्यान)मा निर्माण गरिएको किराती पुर्खाहरु सुम्निमा र पारुहाङको सालिक तोडफोड भएको घटनाप्रति गाउँपालिकाले भत्र्सना गरेको छ । लगत मनसायका साथ गएराति अज्ञात समूहले सुम्निमा र पारुहाङको सालिक तोडफोड गरेकोे भन्दै गाउँपालिका प्रमुख लोकेन्द्र राईले आज (शनिबार) विज्ञप्तिमार्फत भत्र्सना गर्नुभएको हो । गाउँपालिकाको मुख्य पर्यटकीयस्थलमध्यको रणनीतिक महत्वको क्षेत्रमा रहेको पार्कमा निर्मित सालिक तोडफोड भएको घटना निन्दनीय र निकृष्ट रहेको गाउँपालिका प्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अक्षम्य आपराधिक घटनाको गम्भीर अनुसन्धान गरी चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कानून बमोजिम कडाभन्दा कडा सजायको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकार्षण गराइएको छ । किराती पुर्खाहरुको सालिक तोडफोड गर्नेल...

रेडपाण्डा तथा थार महोत्सवको तयारी तीव्र, नायक दयाहाङ राईले उद्घाटन गर्नुहुने

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २८ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’को तयारीलाई भव्य र तीव्र बनाइएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आगामी वैशाख–१ र २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सफल बनाउनका लागि तयारीलाई भव्य र तीव्रता दिएको हो । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सवको आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन आकर्षणको रुपमा राखिने आयोजकले जनाएको छ । स्थानीय कच्चा पदार्थबाट उत्पादित सा...

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी मेला, देशविदेशका भक्तजन तथा दर्शनार्थीको भीड

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर तीन दिनअघि (बुधबार)बाटै मेला शुरु भएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पूजारी गोपाल गिरीले जानकारी दिनुभएको छ । “रामनवमीको अघिल्लो रात अर्थात भरै बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेव प...

किराती प्रथम राजा यलम्बरको शालिक निर्माण सकियो, वैशाखमा अनावरण गर्ने तयारी

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ चैत । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्क निर्माणको काम शुरु गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपामा निर्माण शुरु गरिएको यलम्बरको शालिकको काम सम्पन्न भइसकेको छ भने, पार्क निर्माणको काम तीव्रगतिमा भइरहेको छ । कोशी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यलम्बर पार्क निर्माण आयोजनामा करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माण...

वैशाख–१५ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुँदै

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ चैत । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्न...

नयाँ वर्ष–२०८२ को अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ गर्ने तयारी

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष अर्थात् वि.सं. २०८२ वैशाख–१ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तको सूचिमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वडा नं. २ सोल्मास्थित हुर्लुङमा दुई दिने महोत्सवको आयोजना गरेको हो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन, स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरु स्टलको रुपमा प्रदर्शनी गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “महोत्सवको लागि वडा नं. १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा आयोजक समिति ...

पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिए

#, कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न बन क्षेत्रको भ्रमणमा गएका सोही नगरपालिकाका टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा भेट्टाएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत हुँदै चैत्र १ गते बन क्षेत्र प्रबेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेट्न सफल बनेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डा सम्बन्धी स्थलगत अध्ययन गर्ने समेत उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधब राईको संयोजकत्वमा टोली जुटेका थिए । रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाउनुभयो । बिभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा स...

प्रसिद्ध धर्मगुरु कालीदास बाबाद्धारा हलेसी र कालिका भगवती मन्दिरको दर्शन

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ चैत । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले आज (शनिबार) खोटाङको त्रिधार्मिकस्थल हलेसी र दिक्तेलको कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभएको छ । दिक्तेलस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबालाई दिक्तेल ल्याएको हो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका कालीदास बाबाले त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेपछि दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूण्य प्राप्त नहुने बताउनुभएको छ । दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूण्य प्राप्त गरिने उहाँले बताउनुभयो । कालिका भगवती मन्...