Wednesday, October 28

विदेश/प्रवास

सफा, सुन्दर र सँस्कारसहितको पालिका बनाउन साकेलामा श्रमदान अभियान

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ भदौ । झरी, बादल, वर्षा तथा सार्वजनिक बिदासमेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङमा जनश्रमदान अभियान सञ्चालन भइरहेको छ । श्रमदान अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने लगायतका काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध जेसिबी र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीको साथमा दिनहुँ जनश्रमदानमा भेटिनुहुने गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियान चलाउनुभएको छ । भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनु...

बेलुका सात बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका सात बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचान तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले आज (भदौ–१ गते)बाट लागू हुनेगरी बेलुका सात बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो । कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्तिसुरक्षाको दृष्टिकोणले बेलुका सात बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । “धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ । जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा ...

धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीको बृहत् मेला

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ साउन । श्रावण शुक्ल पूर्णिमाको दिन (आज) ढोलेतालेसहित ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको तालमा गीत गाउँदै र नाच्दै धार्मिक तथा पर्यटकीयस्थलहरुमा पुगेका धामीझाँक्रीहरु देवीदेवताको पूजाआरधाना गरिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरु गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान÷शक्ति) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् । गुप्तवास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । परापूर्वकालदेखि चलिआएको धार्मिक मान्यताअनुसार धामीझाँक्रीहरु जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थलहरुमा आफ्ना ढोलेतालेसहित नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीहरु आज (शनिबार) बिहानैद...

किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’लाई हराभरा बनाउन वृक्षरोपण

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २३ साउन । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र १० अर्खौलेको सिमानामा अवस्थित किरात ऐतिहासिकस्थल तुङचुङ–जायजुमलाई वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको सङ्घका अध्यक्ष तपसेन राईले जानकारी दिनुभएको छ । “किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम खुला ठाउँमा छ । यसलाई संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउने लक्ष्य लिएका छौँ । यो पहिलो चरणको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा मौषमी फलफूलका बिरुवा पनि रोप्ने योजना बनाएका छौँ । यसले आन्तरिक तथा बाह्य...

हलेसी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको माईक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना गम्भीर घाइते

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ साउन । हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिरहातर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माईक्रोबस मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज (सोमबार) बिहान करिब नौँ बजे दुर्घटना भएको हो । दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माईक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । दुर्घटनाका घाइतेमध्ये छ जनालाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताउनुभएको छ । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था ...

नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई राख्नुभएका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रधानमन्त्री सिंह र मन्त्री शाहीले नगरप्रमुख भट्टराईले उठाउनुभएका जायज मागहरुलाई विज्ञको परामर्शको आधारमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उपप्रधानमन्त्री सिंहले वार्ता टोलीसँग तथा वनमन्त्री शाहीले नगरप्रमुख भट्टराईलाई भेटेर खोटाङलाई बाँसको राजधानी बनाउने तथा बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नीति बनाउने, बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने नीति निर्माण गर्ने लगायतका विषयमा विज्ञको प्रतिवेदनका आधारमा माग पूरा गर्ने आश्वासन दिनुभएको वार्ता टोलीका सदस्य एवम् नगरप्रवक्ता दिनेश घिम...

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराई भोलिदेखि काठमाडौँमा आमरण अनशन बस्नुहुँदै

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सङ्घीय सरकार समक्ष सात बुँदे माग राखेर आन्दोलनमा उत्रनुभएका नगर प्रमुख भट्टराईले सत्याग्रहको कार्यलाई चरणबद्ध रुपमा अगाडि बढाउने कार्यक्रम अन्तरगत भोलि (साउन–१४ गते)देखि अनिश्चितकालीन आमरण अनशन बस्नुहुने कार्यबाहक नगरप्रमुख विशन राईले मङ्गलबार विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको हो । सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तरगत नगरप्रमुख ज्यूले २०८२÷०४÷१४ गते बिहान ९ः०० बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने तयारी गर्नुभएको बार्यबाहक नगरप्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख । नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रण लगायतका सात बुँदे माग राख्दै काठम...

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला : अधिकांश दर्शनार्थी भारतीय नागरिक

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट शुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । बोलबमको अवसर पारेर हलेसीमा लगाइएको महिनादिने मेला भर्न आएका गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदल यात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् । मेलाको पहिलो दिन (आज) १२ हजार ४७५ जना दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिरको दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । उनीहरुमध्ये अधिकांशले आफ्नै सवारी साधन प्रयोग गरेर आउने गगरेका छन्...

बहुसाँस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिन्ह खुर्पेटो (घोरप्याक)को प्रतिमा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ असार । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसाँस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिन्ह खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसाँस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिन्ह खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । वडा कार्यालय ईन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभएको छ । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबको रुपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको वाबु (चिण्डो), हिन्दु धर्मावलम्बीको लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मग...

पर्यटन प्रवद्र्धनको पर्खाइमा होङ्मा पोखरी

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ असार । वरिपरी हुर्कँदै गरेका विभिन्न प्रजातिका फलफूलका बिरुवा (गुराँस, चिमाल, इन्द्रकमल तथा अनार, नास्पाती, स्याउ आदि) । सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना उत्तिकै मात्रामा पानी जम्ने पोखरी । पोखरीभरि पानी नै रातो हुनेगरी हुलका हुल डुलिरहेका राता माछा । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित करिब एक हजार ५०० मिटर उचाइमा रहेको यो पोखरीको नाम हो होङ्मा पोखरी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवद्र्धनको पर्खाइ छ । पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो होङ्मा पोखरीको संरक्षणका लागि वडा कार्यालय चिसापानीले रु दश लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि रु दश लाख र दुई वर्षअघि रु पाँच लाख बजेट विनियोजन गरे...