Wednesday, October 28

विदेश/प्रवास

आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय : गृहमन्त्री

विदेश/प्रवास
२२ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । सेवा विस्तारसँगै डिजिटल सेवा,डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्‍याएको उनको भनाइ छ ।  “नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने,“नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।” सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध...
सौन्दर्यकरण, पहिचान र दिगो विकासमा फड्को मार्दै साकेला गाउँपालिका

सौन्दर्यकरण, पहिचान र दिगो विकासमा फड्को मार्दै साकेला गाउँपालिका

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० पुस । साकेला गाउँपालिकामा सौन्दर्यकरण, पहिचान र दिगो विकासका बहुआयामिक कार्यहरू तीव्र गतिमा अघि बढाइएको छ् । प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आधुनिक संरचनाको संयोजनमार्फत जिल्लाका अन्य स्थानीय तहभन्दा फरक पहिचानसहित अग्रगामी यात्रामा देखिएको छ । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काईवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ । स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन् । यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ । विकास केवल कागजमा सीमित नबनाइ प्रत्यक...
दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम धमाधम हुँदै

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम धमाधम हुँदै

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २८ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । वि.सं. २०७६ सालमा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको सडकले सबैलाई सास्ती दिएको थियो । लामो समयको प्रतिक्षा पश्चात पुरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको छ चरणको बजेटले पुरै ढलान भएको हो । दिक्तेलस्थित शङ्धर साख्वा चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस–२७ गत...
सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस–२१ गते दिक्तेल आएका दश जना विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्ताहरुमा चित्र बनाइरहेका हुन् । दश दिनसम्म दिक्तेलमा बस्ने ललितकला क्याम्पसका विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्रहरु बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई सौन्दर्यकरण गर्दै नमूना बजार बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको दिक्तेल बजार सौन्दर्यकरण अभियानमा लल...

खोटाङमा भेटियो अति सङ्कटापन्न सूचीमा रहेको कालो सालक

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० पुस । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अति सङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्याप गर्दा कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामेरा ट्र्याप प्रविधिमार्फत सर्वेक्षण गर्दा कालो सालकको बसोबास रहेको पुष्टि भएको जनाइएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ । एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र दश प्रजा...
पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० पुस । साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तरगत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो । सरसफाइका क्रममा गुफासम्म पुग्ने पैदलमार्ग, गुफा परिक्रमा गर्ने बाटो, गुफाभित्र जम्मा भएका फोहर तथा गुफामाथि पलाएका झारपात र बोटबिरुवाहरू पूर्ण रूपमा हटाइएका छन् । सरसफाइपछि धन्नेश्वरी गुफाको स्वरूप नै परिवर्तन भएको रतन्छाका स्थानीयवासीले बताएका छन् । लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाउँदै विकासको काम प्रारम्भ गरेको छ । आगामी दिनमा...

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सुरु गरिएको छ । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनः निर्माणको प्रक्रिया अघि बढाइएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख दाहालका अनुसार भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको हो ।...

नेपाल सरकारद्धारा बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन–२०८२ सार्वजनिक

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार मार्गदर्शन विमोचन गर्नुभएको हो । मार्गदर्शन विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताउनुभएको छ । मन्त्री घिसिङले निर्माण सामग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा स्थानीय युवाका लागि रोजगारी सिर्जना भएर ग्रामीण अर्थतन्त्रसमेत मजबुद हुनसक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ...

खोटेहाङ साहित्य महोत्सव २०८२ : साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुई दिने साहित्यिक महोत्सव आयोजना गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गर्नुभएको छ । खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बाल मनोविज्ञानका बारेमा विचार विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचार गोष्ठी, ‘अर्थ राजनीतिक दृष्टिकोणबाट बसाइँसराइँको कारण न्यूनीकरणको उपाय’ विषयक विचार गोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ । महोत्सवमा नेपाल प्रज्ञा...

बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो । बाँसजन्य स्रोतको संरक्षण, प्रवद्र्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ । नगरपालिकाले प्राप्त गरेको भुवनेश्वर प्रविधि पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माण कार्यमा किफायत हुने प्रविधि विकास गर्ने यस्तो प्रविधिको अनुसन्धान तथा यस्तो कार्य क्षेत्रमा प्रयो...