मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान पक्राउ
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहान पक्राउ पर्नुभएको छ । दिक्तेल बजारका खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहानलाई प्रहरीले आइतबार साँझ घटनास्थलबाटै पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका वडाध्यक्ष चौहानले खत्रीको घरको ढोका हानेको र खत्रीकी श्रीमती तथा सोही घरमा कोठा बस्दै आउनुभएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहाललाई हेल्मेटले प्रहार गरेको आरोप छ । घटनापछि वडाध्यक्ष चौहानलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पक्राउ परेका वडाध्यक्ष चौहानलाई प्रहरी हिरासतमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । तोडफोड तथा कुटपिटमा संलग्न वडाध्यक्ष चौहानविरुद्ध सोमबार प्रहरीमा जाहेरी दर्ता गराएर कारबाही...

