माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गेशकुमार राई चयन
खोटाङ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिको अध्यक्षमा गेशकुमार राई चयन हुनुभएको छ । ऐसेलुखर्क बजारमा सोमबार साँझ सम्पन्न दोस्रो सम्मेलनले राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नन्दिकेशर वन, पुरूषोत्तम राजभण्डारी र नृपध्वज राई, सचिवमा ललित लम्साल, सह–सचिव भक्तबहादुर तामाङ र कोषाध्यक्षमा गीता श्रेष्ठ चयन हुनुभएको प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिनुभयो । सम्मेलनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश पार्टी ईन्चार्ज हरिबोल गजुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
खबरदारीसभा समेत आयोजिना गरिएको पालिका सम्मेलनमा संविधानसभा सदस्यहरु गोपाल गिरी, दुर्गाजयन्ती राई, प्रदेश समिति सदस्य होमकाजी आचार्य ...
