जनप्रतिनिधिका लागि ‘आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी अभिमुखीकरण
खोटाङ, ८ चैत । प्रदेश योजना आयोग, कोशी प्रदेश विराटनगरले शुक्रबार खोटाङको दिक्तेलमा ‘प्रदेशस्तरीय आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ । प्रदेशस्तरीय आयोजनाको पहिचान गर्ने, प्रदेशस्तरीय आयोजना सञ्चालनमा प्रदेशको नीति सम्बन्धमा जानकारी गराउने तथा कार्यान्वयनयोग्य र प्राथमिकताप्राप्त प्रदेशस्तीय आयोजना प्राप्त गर्ने विधिका बारेमा जानकारी दिने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।
खोटाङ प्रदेशसभा १ (क)मा पर्ने पाँचवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी गोष्ठीमा लागतको आधारमा प्रदेश सरकारले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजनाहरुको बारेमा जानकारी दिइएको थियो । प्रदेशले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजना अन्तरगत सडकमा...
