वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङका प्रभात र सहसचिवमा देशकुमार चयन
खोटाङ, २९ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको सचिवमा खोटाङका प्रभात राई र सहसचिवमा देशकुमार राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न वाईसिएलको प्रथम सम्मेलनले राईद्धयलाई सचिव र सहसचिवमा सर्वसम्मत् चयन गरेको हो ।
विशेष प्रदेश समिति सचिवमा निर्वाचित प्रभात वाईसिएल नेपाल खोटाङका निवर्तमान सचिव तथा सहसचिवमा निर्वाचित देशकुमार हलेसी तुवाचुङ नगर सम्मेलन समितिका संयोजक हुनुहुन्थ्यो । वाईसिएल नेपाल विशेष प्रदेश समिति काठमाडौँ उपत्यकालाई कार्यक्षेत्र बनाएर सङ्गठनमा सक्रिय रहेका ७७ वटै जिल्लाका कार्यकर्ताहरुलाई समेटेर निर्माण गरिएको जनाइएको छ ।
माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ६१ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षमा नवीन थापा...
