महिलाको नेतृत्वमा हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम
खोटाङ, २ वैशाख । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई नगरप्रमुख विमला राईले हाँकिरहनुुभएको छ । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार एमालेका खडेन्द्र राईलाई पराजित गर्दै नेपाली काँग्रेसको तर्फबाट राई नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
स्थानीय तह कार्यान्यवनमा आएपछि पहिलो पटक वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख राई यही नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकाको वर्तमान नगर उपप्रमुखमा नेपाली काँग्रेसकै रमेशकुमार राउत हुनुहुन्छ ।
एघार वडा रहेको यस हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयले गरेको सेवा प्रवाहको काम जनपक्षीय रहेको सबै क्षेत्रबाट प्रतिक्रिया आउने गरेको छ । हिन्दु, बौ...
