जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि लडिरहेको छु : नेता कोइराला
खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।
तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार...
