लाभग्राही बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण गर्दै स्थानीय तह
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ भदौ । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविर ३२० सेवाग्राहीले सेवा लिएका छन् । काम विशेषले गाउँपालिका बाहिर बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरि गत साउन–२७ र २८ गते काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा तथा भदौ–१ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरेको हो ।
शिविरमा सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारी, वडाध्यक्षहरू र तीन जना वडासचिव शिविरमा खटिनुभएको थियो ।
आफ्ना नागरिकलाई पञ्जीकरण सम्बन्धिका सबै सेवा सहजरूपमा उपलब्ध गराउने गाउँ कार्यपालिका...
