वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट कुनै पनि हालतमा पारित नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई आज (सोमबार) दिक्तेल बजारमा सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले अध्यादेशको विषयमा सत्ता पक्षकै नेताहरु असहत रहेको बताउनुभयो ।
नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन भएको समयमा चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा नभएको प्रस्टसमेत पार्नुभयो । “माओवादी केन्द्र जनताको पार्टी हो । जनताको हक, अधिकार र सुविधाका लागि सरकार, सदन र सडकमा लडिरहन्छ”, उहाँले भन्नुभयो, “माओवादी केन्द्रले क्रान्ति छाडेको छैन । प्राप्त उ...
