एसइईमा नगर उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २१ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएर नगर प्रथम हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा लागेको नगरपालिकाले शनिबार दिक्तेलमा आयोजना गरिएको शिक्षा सम्मेलन समापनको अवसर पारेर विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको हो ।
शैक्षिकसत्र २०८१ को एसइईमा सरस्वती माध्यमिक विद्यालय दिक्तेलका छात्रछात्रा दुवैमा नगर प्रथम, द्धितीय र तृतीय भएका छन् । नगर प्रथम, प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगद रु २५ हजार रु १५ हजार र रु दश हजारको साथमा सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभएको छ ।
छात्रतर्फ समान जीपीए ल्याएर सरस्वती मावि दिक्तेलका जोमिन गुरुङ र अनुपम आचार्य तथा छात्रातर्फ ३.७६ जीप...
