सुमो चालकलाई भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईद्धारा प्रहरीमा आत्मसमर्पण
खोटाङ, २० भदौ । सुमो चालकलाई भरुवा बन्दुक ताक्ने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ हिँडेको ना १ ज ४३७२ नम्बरको सुमोलाई यही भदौ–१६ गते खार्मीस्थित आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योगसम्बन्धी मुद्धा दर्ता भएपछि शुक्रबार आत्मसमपर्ण गरेका हुन् ।
घटना लगत्तै फरार बनेका काँग्रेस नेता राईले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर आत्मसमर्पण गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । “खार्मीबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई रोकेर भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता गरेर प्रहरी परिचालन गरेका थियौँ ...
