Thursday, July 30

फोटो/भिडियो

खोटाङलाई पूर्ण विद्युतीकरण गर्न रु पाँच करोड आवश्यक

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ वैशाख । दश स्थानीय तह रहेको खोटाङका ९६ प्रतिशत घरधुरी उपभोक्ताले विद्युत उपभोग गरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण खोटाङले गरेको सर्वेक्षण अनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइन तथा दश प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत बलेको पाइएको हो । केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरधुरी उपभोक्तामा विद्युत पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं.२०५७ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले दिक्तेल बजारमा आएर केन्द्रीय प्रशारण लाइनको विद्युत औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरधुरी उपभोक्ताले विद्युत उपभोग गरिरहेका छन् । विद्युतीकरण ...

इन्द्रेणीपोखरीमा राज्यको लगानी, पोखरी नै सुकेपछि बालुवामा पानी

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ वैशाख । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । ठूला चउर र घाँसेमैदानको बीचमा अवस्थित पर्यटकीयस्थल इन्द्रेणीपोखरीको नामबाटै उक्त वडाको नाम इन्द्रेणीपोखरी राखिएको स्थानीय जानकारहरुले बताउने गरेका छन् । प्राकृतिकरुपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीको चौतर्फी विकास गर्न देशमा सङ्घीयता लागूभएसँगै स्तरोन्नतिको काम थालियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेको छ । वर्षौँदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) रहेको इन्द्रेणीपोखरीमा हरेक सालको नयाँ वर्ष (वैशाख–१ गते) बृहत मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि ए...

जनप्रतिनिधिका लागि ‘आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी अभिमुखीकरण

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ चैत । प्रदेश योजना आयोग, कोशी प्रदेश विराटनगरले शुक्रबार खोटाङको दिक्तेलमा ‘प्रदेशस्तरीय आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ । प्रदेशस्तरीय आयोजनाको पहिचान गर्ने, प्रदेशस्तरीय आयोजना सञ्चालनमा प्रदेशको नीति सम्बन्धमा जानकारी गराउने तथा कार्यान्वयनयोग्य र प्राथमिकताप्राप्त प्रदेशस्तीय आयोजना प्राप्त गर्ने विधिका बारेमा जानकारी दिने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो । खोटाङ प्रदेशसभा १ (क)मा पर्ने पाँचवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी गोष्ठीमा लागतको आधारमा प्रदेश सरकारले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजनाहरुको बारेमा जानकारी दिइएको थियो । प्रदेशले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजना अन्तरगत सडकमा...

डढेलो गाउँ पस्दा दुर्छिममा चार घर तथा दुई मटान जल्यो, डढेलो अझै नियन्त्रण बाहिर

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ चैत । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा डढेलोबाट चार घर तथा दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राई तथा चुमाखुकै वीरगञ्ज राई र दिलकुममारी राईको मटान जलेर जलेर नष्ट भएको हो । सुनकोशी किनारबाट शुरु भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पस्दा बिहीबार बेलुका दुर्छिमका स्थानीयवासीको चारवटा घर तथा दुईवटा मटानमा क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । “गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएका छौँ । डढेलो नियन्त्रणमा लिनका लागि इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको ठूलो सहयोग रह्यो”, उहाँले भन्नुभयो, “आगलागीमा मानवीय क्षति भएको छैन । घर तथ...

पैतीस दिनभित्र मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत आयोजना पुनः सञ्चालनमा

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले आफूहरुले पाउने मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । निजी तथा सार्वजनिक सम्पत्ती संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजनाको ड्याम (बाँध)बाट चैत–४ गते सोमबार दिउँसो खोलातर्फ पानी फर्काएर विद्युत उत्पादन बन्द गराएका खिए । राष्ट्रिय प्रशारण लाइनमा समेत जडान गरिएको...

डिकुवामा डढेलोको वितण्डा : एक विद्यालय र नौँ घर जल्यो, अझै नियन्त्रण बाहिर

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एउटा विद्यालय र नौँवटा घर तथा गोठ जलेर नष्ट भएको छ । डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनबाट शुरु भएको डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे कार्यालय भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो । चैत–३ गते राति डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर गाउँ पस्दा गएरातिसम्ममा एउटा विद्यालयका साथै नौँवटा घर तथा गोठ जलेर नष्ट भएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । “गाउँ पसेको डढेलो अहिले नियन्त्रणमा आएको छ । छुम्पाङ क्षेत्र...

जलविद्युत आयोजना विवाद प्रकरण : मुआब्जा नपाएको भन्दै आयोजना नै बन्द गराइयो

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआब्जा नदिएको भन्दै आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजनाको ड्याम (बाँध)बाट खोलातर्फ पानी फर्काएर आयोजना बन्द गराएका हुन् । केपिलासगढी गाउँपालिकाको रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्ट (आयोजना)ले फरक–फरक तीनवटा ठाउँमा जलविद्युत आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं.–६ दिप्सुङ र वडा नं.–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत आयोजना सञ्चालन ग...

कृषकलाई स्वरोजगार बनाउन दिक्तेल रुपाकोट मझुवागढीमा राँगा वितरण कार्यक्रम

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका कृषकलाई उन्नत जातका राँगा वितरण कायक्रम शुरु गरेको छ । नगरभित्रका कृषकलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्म निर्भर बनाउने उद्देश्यले यो वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रम अन्तरगत तराईका फामहरुबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत कृषकहरुलाई वितरण गर्न शुरु गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “यो वर्ष ४०० वटा राँगा वितरण गर्ने कार्यक्रम छ । नगरपालिकाभित्र गठित कृषक समूहमार्फत कृषहरुलाई वितरण गरिन्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रम अन्तरगत ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । घोषित कार्यक्रम अनुसार हालसम्म करिब २०० वटा वितरण गरिसहेका छौँ ।” पन्ध्र वडा रहेको यो नगरपालिकाको व...

हलेसीका अग्नीपीडितलाई पहिलो चरणमा रु २२ लाख राहत

कला/साहित्य, फोटो/भिडियो, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ चैत । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका अग्नीपीडितलाई राहत रकम उपलब्ध गराइएको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा गत फागुन–४ गते ग्याँस लिक भइ आगलागी हुँदा पीडित बनेका चार घर स्थानीयवासीलाई पहिलो चरणमा रु २२ लाख राहत रकम उपलब्ध गराइएको हो । आगलागी भएको भोलिपल्ट अर्थात् फागुन–५ गते हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अग्नीपीडितलाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई महिना सहयोग सङ्कलन गर्ने र १५ दिनमा सङ्कलन भएको रकम पीडितलाई दिने निर्णय गरेको थियो । आगलागी भएको १५ दिनमै राहत रकम हस्तान्तरण गर्न नसकिए पनि फागुन मसान्तसम्म सङ्कलन भएको रु २२ लाख राहत रकम आगलागी पीडितलाई उपलब्ध गराइएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । आगलागीबाट ...

जग्गाधनीले मुआब्जा नपाए जलविद्युत आयोजना नै बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी

कला/साहित्य, फोटो/भिडियो, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआव्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं.–६ दिप्सुङ र वडा नं.–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत आयोजना सञ्चालन गर्ने तीनवटा हाइड्रोपावर कम्पनीबाट मुआव्जा नपाएको गुनासो गरेका हुन् । रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले फरक–फरक तीनवटा ठाउँमा जलविद्युत आयोजना सञ्चालन गरेको छ । सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत वि.सं. २०७७ भदौ–१६ गते नेशनल ग्रिडमा जोडिएको थियो । जलविद्युत आयोजनाको ट्रान्समिसन र पाइपलाईन विस्तारका क्रममा प्रयोग गरिएको...