रेडपाण्डा तथा थार महोत्सवको तयारी तीव्र, नायक दयाहाङ राईले उद्घाटन गर्नुहुने
खोटाङ, २८ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’को तयारीलाई भव्य र तीव्र बनाइएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आगामी वैशाख–१ र २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सफल बनाउनका लागि तयारीलाई भव्य र तीव्रता दिएको हो ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सवको आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन आकर्षणको रुपमा राखिने आयोजकले जनाएको छ ।
स्थानीय कच्चा पदार्थबाट उत्पादित सा...
