महुरेगढी प्राविधिक शिक्षालयका पूर्वप्रमुख पौड्यालको स्मृतिमा प्रतिमा निर्माण
खोटाङ, १९ जेठ । सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाउनुभएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उहाँको प्रतिमा निर्माण गरिएको छ । वि.सं. २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण गरिएको हो ।
महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउनेक्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा पर्नुभएको थियो । दुर्...
