Thursday, October 29

समाचार/विश्लेषण

रेश्मिका मृत फेला प्रकरण : बलात्कारपछि हत्या आशङ्कामा शव परीक्षण गर्न धरान पठाइयो

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या भएको आशङ्कामा शव परीक्षण गर्न धरान पठाइएको छ । स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा भदौ–३० गते राति शङ्कास्पद अवस्थामा मृत फेला परेपछि सर्जमिन मुचुल्का गरेर शव परीक्षण गर्न धनानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार भदौ–३० गते अपरान्ह आफ्नो काम सकेर कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल झाडीमा सोही राति करिब नौँ बजे मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा...

सहकारीमा काम गर्ने रेश्मिका मृत फेला, बलात्कारपछि हत्या भएको आशङ्का

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३१ भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ रेश्मिका सिवा परियार शंकास्पद अवस्थामा मृत फेला पर्नुभएको छ । सोही गाउँपालिकाको वडा नं.–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका भदौ–३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको हो । सहकारी संस्थाका अध्यक्ष सागर तामाङले दिनुभएको जानकारीअनुसार रेश्मिका भदौ–३० गते अपरान्ह चार बज्न लाग्दा कार्यालयबाट बाहिरिनुभएको जनाइएको छ । अपरान्ह कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल पर्ने मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा भेटिनुभएको हो । स्थानीयबाट घटनाको जानकारी पाएलगत्तै विज्ञ टोली लिएर अनुसन्धान गर्न घटनस्थलतर्फ आफै हिँडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डि...

सुमो चालकलाई भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईद्धारा प्रहरीमा आत्मसमर्पण

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० भदौ । सुमो चालकलाई भरुवा बन्दुक ताक्ने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ हिँडेको ना १ ज ४३७२ नम्बरको सुमोलाई यही भदौ–१६ गते खार्मीस्थित आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योगसम्बन्धी मुद्धा दर्ता भएपछि शुक्रबार आत्मसमपर्ण गरेका हुन् । घटना लगत्तै फरार बनेका काँग्रेस नेता राईले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर आत्मसमर्पण गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । “खार्मीबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई रोकेर भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता गरेर प्रहरी परिचालन गरेका थियौँ ...

शैक्षिक नीतिका विषयमा तीन जिल्लाका अखिल (क्रान्तिकारी)को गोष्ठी दिक्तेलमा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही भदौ–२६ र २७ गते दिक्तेल बजारमा शैक्षिक नीतिका विषयमा अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्ने भएको छ । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूले संयुक्तरुपमा ‘नेपालको वर्तमान शैक्षिक नीति र अखिल (क्रान्तिकारी)को भूमिका विषयक अन्तरक्रियामूलक गोष्ठी–२०८२’ आयोजना गर्ने भएको हो । शिक्षा क्षेत्रमा देखिएका चुनौती, अवसर र सुधारका उपायबारे खुलेर बहस गर्ने र व्यवहारिक निष्कर्षमा पुग्ने उद्देश्यले संयुक्तरुपमा दुई दिने अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्न लागिएको अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभएको छ । तीन जिल्लाका विद्यार्थी तथा शैक्षिक अभियान्ताहरुको सहभागिता रहने गोष्ठीमा केन्द्रीय समितिले ने...

नेपाल रेडक्रसको ६३ औँ स्थापना दिवस : खोटाङमा ८० जनाले गरे रक्तदान

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल र जुनियर रेडक्रम सर्कल (जुरेस) सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङको संयुक्त आयोजनामा दिक्तेलबजारस्थित रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा ८० जना रक्तदाताले एक÷एक पिन्ट रगत दान गरेका हुन् । कार्यक्रममा रक्तदाताले दान गरेका रगतमध्ये पाँच पिन्ट दिक्तेलस्थित रक्त सञ्चार केन्द्रमा राखिएको र बाँकी ७५ पिन्ट भक्तपुर ब्लड बैङ्क पठाइएको युरेस दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुष राईले जानकारी दिनुभएको छ । रत्नपार्कमा बिहान आठ बजेदेखि सुरु गरिएको कार्यक्रममा १४ जना महिला र ६६ जना पुरुषले रक्तदान गरेका छन् । रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा भक्तपुर ब्लड बैङ्कका चार जन...

खार्मीको एउटा गाउँमा एक घरमात्र बाँकी, अधिकांश घरहरु झाडीले पुरिँदै

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित एक गाउँमा एक घर मात्र बाँकी रहेको छ । खार्मीको तुर्खास्थित नेवार गाउँबाट सबै बसरी अन्यत्र गएपछि एक घर मात्र बाँकी रहेको हो । भारत, दक्षिण कोरिया लगायतका वैदेशिक रोजगारी तथा काठमाडौँ र तराईका जिल्लाहरुमा बसाइँ सरेरजाँदा दश घर परिवार रहेको नेवार गाउँ एक घरमा सीमित भएको पाइएको छ । १०–१५ वर्षको अवधिमा बसाइँ सरी जानेहरुको कारण नेवारगाउँ अर्थात् तुर्खाको नेवार टोल नै रित्तिएको स्थानीय बमबहादुर श्रेष्ठले बताउनुभयो । नेवार समुदाय मात्र बसोवास गर्दै आएका उक्त टोलका कतिपय घरहरु भत्किसकेका छन् भने तितेपातीघारीले ढाकिएका छन् । नेवार टोल जस्तै खार्मीका अधिकांश घरहरु रित्तो तथा झाडीभित्र पुरिएका छन् । तुर्खाकै साब्रुले टोल समेत रित्तो बनेको छ । चार घरपरिवार रहेको उक्त टोल हाल शून्य बनेको स्थानीय बताएका छन् । नेवार ...

सुमो चालकमाथि भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध डाँका उद्योग मुद्धा दर्ता

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईबिरुद्ध डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भदौ–१६ गते बिहान आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताकेको आरोपमा नेता राईबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता भएको हो । काँग्रेस नेता राईले आफूहरुले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग गर्दै आफूमाथि भरुवा बन्दुक ताकेर ज्यान मार्ने प्रयास गरेकाले कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता गराएको चालक तामाङले बताउनुभएको छ । खार्मीस्थित बाँझोबारी घर भएका नेता राईले आफ्नै घर अगाडि सडकमा बाँस तथा मुढा तेर्साएर सडक अवरोध पार्दै आक्रमणको प्रयास गरेको भिडियो क्लिप्समा देखिएको छ । चालक तामाङ...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन कार्यक्रम प्रभावकारी बन्दै

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकले दूधको लागि भैँसी पाल्दै आएपनि यसअघिसम्म मासुका लागि व्यवसायिक रुपमा राँगापालन गरेका थिएनन् । यतिबेला भने नगरपालिकाभित्रका कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठाउँमा व्यक्तिगत रुपमा व्यवसायिक राँगापालन सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पर्ने यो नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरेको रु ४३ लाख बजेटमा कृषक समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिनुभएको छ । पन्ध्र वडा रहेको यो ...

सुमो चालकलाई बन्दुक ताक्ने काँग्रेस नेतालाई कारबाही गर्न १४ यातायात व्यवसायी संस्थाको माग

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण
खोटाङ, १७ भदौ । सुमो चालकमाथि भरुवा बन्दुक ताकेर चन्दा असुली गर्ने नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नेता राईले सोमबार बिहान ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक सविन तामाङलाई बन्दुक तेर्साएर रकम मागेको भन्दै उनलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् । नेता राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक तामाङलाई भरुवा बन्दुक देखाएर सहयोग रकम मागेको पाइएको छ । खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल याताय...

काँग्रेस नेता श्यामकुमार राईले सुमो चालकमाथि भरुवा बन्दुक तेर्साएपछि…

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १६ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोक्नुभएको छ । खार्मी घर भएका काँग्रेस नेता राईले दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई आज (सोमबार) बिहान आफ्नै घर अगाडि बन्दुक तेर्साएर रोक्नुभएको हो । आफूहरुले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गर्दै काँग्रेस नेता राईले बन्दुक तेर्साएको चालक सविन तामाङले बताउनुभयो । चालक तामाङका अनुसार नेता राईले सडकमा बाँस तथा मुढाहरुले सडक अवरोध पारेर आक्रमणको प्रयास गरेको हो । चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राई लगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताउनुभएको छ । नेता राईले आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको च...