‘भ्वाईस अफ नेपाल’को फाईनलिस्ट रोशनलाई गृह जिल्ला खोटाङमा भव्य स्वागत
खोटाङ , १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फाइन चरणमा पुग्नुभएका प्रतियोगी रोशनलाई आज (बुधबार) दिक्तेल बजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा खोटाङका गायक रोशन दिक्तेल बजारको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’सहितको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित हुनुभएको भएको छ । प्रतियोगी रोशनसहितका टोलीलाई दिक्तेलस्थित किरातचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजना गरिएको कार्यक्रमस्थलसम्म ¥यालीसहित स्वागत गरिएको हो ।
पालुवास्टारले समेत परिचित भ्वाईसका प्रतिस्पर्धी रोशन सोही विद्यालयमा कक्षा–३ देखि माध्यमिक तह (एसएलसी)सम्म प...
