Thursday, July 30

भनाइ/विचार

शहीद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसमा अन्तरसम्वाद कार्यक्रम

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहितको राजनीतिक परिवर्तन तथा जनपक्षीय पत्रकारितामा केन्द्रित रहेर अन्तरसम्वाद गरिएको हो । प्रेस सेन्टर नेपालका आदर्श व्यक्तिका रुपमा सम्मान गर्दै आइएको पत्रकार इच्छुक जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा वि.सं. २०५९ जेठ–१३ गते राज्यतर्फबाट मारिनुभएको थियो । शहीद इच्छुकको स्मृतिमा प्रेस सेण्टर नेपालले हरेक वर्षको जेठ–१३ गतेलाई दिवसको रुपमा मनाउँदै आएको छ । दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा इच्छुको तस्वीरमा माल्र्याण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । प्रेस सेण्टर नेपालका के...

फोक्सिङटारको बेलिब्रिज झिकियो, तराईसँगको सिधा यातायात सेवा विच्छेद

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ जेठ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पको रुपमा यातायात सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको थियो । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा गत पुस–२७ गतेबाट अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । कोशीमा पानीको सतह बढ्न थालेपछि जेठ–५ गतेबाट यातायात बन्द गरेर अस्थायी बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । फोक्सिङटारको अस्थायी बेलिब्रिज निकालिएसँगै खोटाङबाट पूर्वी तराईका विभिन्न शहरसँगको सिधा यातायात सेवा विच्छेद भएको छ । सडक विभागको रु एक करोड दुई लाख लागतमा आर्यन कन्ट्रक्सन मल्ट...

महुरे–फोक्सिङटार सडक : शिलान्यास भएको ३१ वर्षपछि कालोपत्रको काम पुनः शुभारम्भ

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ जेठ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको यो सडक कालोपत्रका लागि आइतबार मन्त्री दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको काम शुभारम्भ गर्नुभएको हो । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ । दिव्यज्यो...

फोक्सिङटार पुलको विकल्पमा ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक बन्दै

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ जेठ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पको रुपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम शुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड २० लाखमा पूरा हुने सडक पहिलो चरणमा रु ४५ लाखबाट निर्माण शुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गर्नुभएको छ । गत असोज–१२ गते आएको भीषण बाढी बगाएको फोक्सिङटारको पुल पुनः निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भ...

दम्कुवासीको एकता : सामुदायिक विद्यालयलाई बनाए चन्दा उठाएर पूर्ण आवासीय

कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ जेठ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोवास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोवास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकतावद्ध भएर गर्दै आएका छन् । सानातिना विकासे कामको लागि सरकारको मुख नताक्ने बानी परेका उनीहरुको बीच गाउँमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ । कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा यो शैक्षिकसत्रका लागि ६२ जना विद्यार्थी भर्ना भएका छन् । गाउँपालिकाबाट यसै वर्ष कक्षा–८ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई सँस्कारसहितको गुणस्तरीय तथा व्यवहारिक शिक्षा उपलब्ध गराउन कसिएका छन् । वि.सं. २०३६ सालमा स्थापना गरिएको यस विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा–२ सम्म अङ्गेजी माध्यमको पढाइ हुन्छ । विद्यार्थी अभावमा बाह्र वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजना गरेर सञ्चालन गरिएको क...

रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजना गत चैतमा समेत बन्द गराएका थिए । मुआब्जा विवाद प्रकरणको विषयलाई लिएर स्थानीयवासीले जलविद्युत आयोजना नै बन्द गराएपछि दुवै पक्षलाई गाउँपालिका प्रमुख समिर राईले कार्यालयमा झिकाएर सहमतिको प्रयास गर्नुभएको थियो । गाउँपालिका प्रमुखको कार्यकक्षमा गरिएको सम्झौताअनुसार हाईड्रोपावर कम्पनीले जग्गादातालाई क्षतिपूर्ति नद...

मुन्दुमी साँस्कृतिक साँझमा गुन्जिए राई कलाकारहरु

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
 बैशाख-२८,  किरात राईहरुको महान चाड साकेला उभौलीको पुर्वसन्ध्यामा खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझ सम्पन्न गरिएको छ। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिको संयोजन तथा किरात राई यायोक्खा जिल्ला कार्य समिति लगायतको आयोजनामा बृहत मुन्दुमी सास्कृतिक साँझ सम्पन्न गरिएको हो ।                किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको समेत आयोजनामा मुन्दुमी साझ शनिबार सम्पन्न भएको हो । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न कर्यक्रममा चर्चित गायिका पार्बती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सङगीतकार राई नबीन, गायिका ईन्द्रकला राई लगायतका गायक-गायिकाले किरात राई समुदायको मौलिक सस्कृति झल्किने तथा किराती जागरणका गीतहरु प्रस्तुत गरेका थिए ।         कार्यक्रममा किराती मौलिकता झल्कने गतिबिधीका दृश्य तथा सामाग्...

उँभौलीको मझेरीमा बृहत मुन्दुमी साँस्कृतिक साँझ

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ वैशाख । किरात राईहरुको महान चाड साकेला उँभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझको तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिको संयोजनमा आगामी वैशाख–२७ गते दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा मुन्दुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो । किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ, किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका महासचिब पदम थुलुङ राईले सुनाउनुभयो । कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सँगीतकार राई नवीन, गायिका ईन्द्रकला राई लगायतका गायक–गायिकाको प्रस्तुति रहने महासचिब थुलुङ राईले जनाउनुभयो । उँभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझम...

रोशनलाई ‘भ्वाईस अफ नेपाल’को उपाधि जिताउन खोटाङवासी अभियानमा

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ वैैशाख । ‘द भ्वाइस अफ नेपाल’ छैटौँ सिजनको उपाधि दाबेदार रोशन राईलाई जिताउन खोटाङमा तीव्र अभियान चलाइएको छ । कोच (प्रशिक्षक) मेलिना राईको टिमबाट फाईनल प्रवेश गर्नुभएका राईलाई जिताउन जिल्लाका विभिन्न सङ्घसस्था तथा शिभचिन्तकले ‘रोशन राई जिताउ’ अभियानलाई तीव्र बनाएका हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७ टेम्माका राईलाई बुधबार उनी अध्ययनरत दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले साँस्कृतिक झाकीसहित स्वागत तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो । सो स्कूलले रोशनको गायन प्रतिभाकै कारण पूर्ण छात्रवृत्तिमा एसएलसीसम्म अध्ययन गराएका थिए । कार्यक्रममा रोशन जिताउ अभियानकै टोलीमा रहेका गायक तथा सँगीतकार हसन राई, मनिता राई लगायतले प्रस्तुति दिएका थिए । रोशनलाई जिताउने उद्देश्यले आयोजक स्कूलको तर्फबाट एक लाख तथा अन्य शुभचिन्तकबाट स्वेछिक रुपमा रकम सङ्कलन गरिरहेकाछन् । बिहीबार साके...

बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुरले ३६ वर्षको उमेरमा नागरिकता पाएपछि…

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु । त्यसपछि उनीहरुको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।” बुबाआमा दुवै पत्ता नलागेका ईन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई बंशजको आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका...