तीनपटक आवेदन आव्हान गरेर पु¥याइयो खोटाङका लागि आवश्यक निर्वाचन प्रहरी
खोटाङ, १३ माघ । आगामी फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा माग गरिएअसुसार निर्वाचन प्रहरी छानिएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएका व्यक्तिको प्रारम्भिक परीक्षण, शारीरिक परीक्षण, लिखित र अन्तरवार्ता परीक्षा पश्चात माघ–१२ गतेको निर्णयअनुसार मङ्गलबार अन्तिम नतिजा प्रकाशन गरिएको हो ।
जिल्लाका लागि आवश्यक माग सङ्ख्याअनुसार एक हजार २८२ जना निर्वाचन प्रहरी छनोट हुँदा २०५ जना वैकल्पिकमा राखिएको निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । निर्वाचन प्रहरीका लागि माग गरिएभन्दा कम युवाको आवेदन परेपछि माघ–९ गते पुनः तेस्रो पटक आवेदन खुलाइएको थियो ।
यही माघ–१० र ११ गते अन्तिमपटक आव्हान गरिएको आदेवनमा फाराम भर्नेको सङ्ख्या बढेपछि सबै परीक्षा पश्चात अन्तिममा २०५ जनालाई वैकल्पिकमा राखेर नतिजा प्रकाशन गरिएको जनाइएको छ । सुरुमा...
