Wednesday, July 29

बायोग्राफी/अन्तर्वार्ता

सुनकोशीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ माघ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज आज (शनिबार) सञ्चालनमा ल्याइएको हो । गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रा.लि.ले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज आगामी वि.सं. २०८३ जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा जडान गरिएको अस्थायी बेलिब्रिजको लम्बाई ५१ दशमलव ८१ मिटर लामो छ । बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास ...

नेकपा खोटाङले फागुन–५ गतेबाट दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको छ । आगामी निर्वाचनका लागि अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको नेकपा खोटाङले सार्वजनिक गरेको चुनावी कार्यक्रमअनुसार फागुन–५ गतेदेखि १८ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको हो । नेकपाको निर्वाचन परिचालन समितिले दिएको जानकारीअनुसार फागुन–५ गते बराहपोखरी गाउँपालिकाको धुर्तुङ, फागुन–६ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार, फागुन–७ र ८ गते खोटेहाङ गाउँपालिकाको खोटाङ बजार र सिम्पानी बजारमा चुनावीसभा आयोजना गर्ने भएको छ । यस्तै, फागुन–९ गते साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङ र फागुन–११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजार, फा...
धाप्लाङघाट पुल निर्माणको कामले गति लियो, स्ल्याब ढलानको काम सुरु

धाप्लाङघाट पुल निर्माणको कामले गति लियो, स्ल्याब ढलानको काम सुरु

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ माघ । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरबाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि वि.सं. २०७३ असार–३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब नौँ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए । धाप्लाङघाटको मोटरेबल पक्की वि.सं. २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको पुलका लागि स्ल्याब ढलानको काम सुरु गरिएको । वि.सं. २०७६ मा निर्माण स...
साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २१ मघ । साकेला गाउँपालिकामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक दिलकुमार देउजाले जानकारी दिनुभएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन आज (बुधबार) गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले पानसमा बत्ती बालेर गर्नुभएको...

एमाले नेता एवम् केपिलासगढीका पूर्वगाउँपालिका प्रमुख कृष्णकुमार राई नेकपा प्रवेश

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता एवम् केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहितका एमाले नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा खोटाङले मङ्गलबार बाक्सिला बजारमा आयोजना गरेको पार्टी कार्यक्रममा एमाले नेता राईसहित एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राई लगायतका १८ जना नेता तथा कार्यकर्ताले एमाले परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताउनुभएको छ । “एमालेले जनताको भावना बुझ्न सकेन । त्यहाँ रहेर अहिले जनताको घरमा जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि देशभर नेकपा...

प्रतिनिधिसभा निर्वाचन : बढ्यो चुनावी सरगर्मी, उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० माघ । नेपाली काँग्रेस खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको हो । उम्मेदवार राईको साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ । काँग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमाण्डर (नेता) तोकेर अभियान सुरु गरेको समाचार स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवबिक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईल...

प्रतिनिधिसभा निर्वाचन : खोटाङका २१ मतदानस्थल अतिसंवेदनशील

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ । आगामी निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अन्तरगत मतदानस्थलहरु निरीक्षण तथा अनुगमन गरेका थियौँ । अनुगमन प्रतिवेदनको आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका छौँ”, उहाँले भन्नुभयो, “मतदातालाई सुरक्षित र भयरहित वातावरण...

निर्वाचन आचारसंहिताका कारण फागुनको बृहत स्वास्थ्य शिविर चैतमा सारियो

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण खोटाङको दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आउँदो फागुन–८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो । आगामी फागुन–२१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “बृहत स्वास्थ्य शिविरको लागि आवश्यक तयारी सुरु गरेका थियौँ । निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ । निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शि...

निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत तोकिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो । अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सञ्चारमाध्यमले गर्ने आचारसंहिता पालना गरे÷नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “आगामी निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुन्छ । यसमा जिल्लास्थित सबै राजनीतिक दलका नेताहरु प्रतिवद्ध रहनुभएको छ”, उहाँले भन्नुभयो, “कोही कसैले निर्वाचन आचारसंहिता उलङ्घन गरेको खण्डमा अनुगमन अधिकृतहरुले कारबाही गर्नुहुन्छ । निर्वाचन आयोग...

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारहरु मतदाता रिझाउन जनताको घरदैलो अभियानमा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरु उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउन जनताको घरदैलो अभियानमा खटिएका छन् । वि.सं. २०७९ सालको चुनावको मतपरिणाम हेर्दा खोटाङमा पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ राजनीतिक दलका उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएपनि जिल्लाको वर्तमान अवस्था त्यस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेससँगको बाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभएको थियो । विभिन्न पार्टी एकीकरणपछि बनेको न...