नेपाल पत्रकार महासङ्घको निर्वाचन : खोटाङमा अध्यक्षसहित सबै कार्यमिति निर्विरोध
खोटाङ, २७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार सर्वसम्मत् निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त पहलमा पत्रकार महासङ्घ खोटाङका अध्यक्षसहित कार्यसमिति सर्वसम्मत् निर्वाचित गराएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्षमा हरिवोल आचार्य, उपाध्यक्षमा चिसाङ शेर्पा र सविना अछामे परियार, सचिवमा राजकुमार भट्टराई, सहसचिवमा मनोज आचार्य र राजन ठटाल तथा कोषाध्यक्षमा उजुर राई निर्विरोध चयन हुनुभएको छ । एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेलसमेत निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा ...
