Friday, July 31

#

हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

#, कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले आज (शनिबार) एकता सन्देशसभा गरेको छ । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित १६ वटा राजनीतिक दलबीच एकता भएपछि नगरपालिका कार्यसमितिले पनि एकता सन्देशसभा गरेको हो । त्रिधार्मिकस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्यहरु समिता कार्की ‘अस्मिता’, राजन राई, कुलप्रसाद फुयाँल, अमेम्बर राई र तेजमाया राई, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा नेताहरुले देशको आवश्यकता र जनभावनाअनुसार विभिन्न १६ वटा कम्युनिष्ट विचारधारा पार्टीहरुबीच एकता गरिएको बताएका छन् । एकता सन्देशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेको जिल्ल...

शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउन शिक्षक महासङ्घको माग

#, कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ कातिक । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति खोटाङले जिल्लाभरका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइदिन दशवटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नेपाल सरकारको कार्यविधि आथिर्क वर्ष २०८०÷८१ को शीर्षक २.२ अनुसार शिक्षकको तलब–भत्ता तथा सेवा सुविधामा स्थानीय भत्ता स्पष्ट उल्लेख भए पनि खोटाङका शिक्षक अझै पनि सो सुविधा पाउनबाट वञ्चित रहेको भन्दै ध्यानाकार्षण गराएको हो । आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकाले पनि स्थायी, करार तथा प्राविधिक धारमा कक्षा ९–१२ मा कार्यरत प्रशिक्षकहरूलाई वार्षिक १०.५ महिनाको स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको शिक्षक महासङ्घले जनाएको छ । पहिलो त्रैमासिकका लागि स्थानीय तहमा निकासा भइसकेको भए पनि स्थानीय तहले वितरण नगरेको महासङ्घको आरोप छ । शिक्षकहरू विद्यालय सुधारमा समर्पित रहँदा पन...

अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

#, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण
खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ । केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुट...

१२ वर्षीया बालिका मृत फेला प्रकरण : सत्यतथ्य छानबिन गर्न १२ सङ्घ÷सङ्गठनको माग

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ भदौ । झुन्डिएको अवस्थामा मृत फेला परेकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकासहित निष्पक्ष छानबिन र अनुसन्धानको कामलाई तीव्रताका साथ अगाडि बढाउन माग गर्दै जिल्लास्थित विभिन्न १२ सङ्घ÷सङ्गठनले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु खोटाङ, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङ, महिला एकता अध्ययन केन्द्र खोटाङ, बालसेवा समाज नेपाल नेर्पा खोटाङ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङ, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ, महिला उद्यमी सङ्घ खोटाङ, खोटाङ दलित उद्यमी सहकारी संस्था, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), गैरसरकारी संस्था महासङ्घ र नेपाल महिला सङ्घ खोटाङले आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ...

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ असार । सामाजिक तथा राजनीतिक विमर्शका रुपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार–२१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङ्गे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन–४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीको रुपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्यान्ह १२ बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभएको छ । नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभएको छ । “नाटकले राज...

शहीद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसमा अन्तरसम्वाद कार्यक्रम

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहितको राजनीतिक परिवर्तन तथा जनपक्षीय पत्रकारितामा केन्द्रित रहेर अन्तरसम्वाद गरिएको हो । प्रेस सेन्टर नेपालका आदर्श व्यक्तिका रुपमा सम्मान गर्दै आइएको पत्रकार इच्छुक जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा वि.सं. २०५९ जेठ–१३ गते राज्यतर्फबाट मारिनुभएको थियो । शहीद इच्छुकको स्मृतिमा प्रेस सेण्टर नेपालले हरेक वर्षको जेठ–१३ गतेलाई दिवसको रुपमा मनाउँदै आएको छ । दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा इच्छुको तस्वीरमा माल्र्याण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । प्रेस सेण्टर नेपालका के...

राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा एभिएम क्लब ललितपुरको बर्चस्व

#, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ जेठ । दिक्तेलमा सम्पन्न खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा एभिएम टेबलटेनिस क्लब ललितपुरले बर्चस्व जमाएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल च्याम्पियन बन्नुभएको छ । गदालले २५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नुभयो। बुधबार सम्पन्न प्रतियोगितामा रुपन्देहीका बुद्धिमान गुरुङले दोश्रो स्थान ओगट्दै १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिदार्थ तामाङ र एभिएम टेवलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार दुई सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नुभएको छ । यस्तै, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य प्रथम बन्नुभयो। शाक्यले दश हजार रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।प्रतियोगितामा सोही क्लबकी अर्सना महर्जन दोश्रो ब...

मुन्दुमी साँस्कृतिक साँझमा गुन्जिए राई कलाकारहरु

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
 बैशाख-२८,  किरात राईहरुको महान चाड साकेला उभौलीको पुर्वसन्ध्यामा खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझ सम्पन्न गरिएको छ। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिको संयोजन तथा किरात राई यायोक्खा जिल्ला कार्य समिति लगायतको आयोजनामा बृहत मुन्दुमी सास्कृतिक साँझ सम्पन्न गरिएको हो ।                किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको समेत आयोजनामा मुन्दुमी साझ शनिबार सम्पन्न भएको हो । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न कर्यक्रममा चर्चित गायिका पार्बती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सङगीतकार राई नबीन, गायिका ईन्द्रकला राई लगायतका गायक-गायिकाले किरात राई समुदायको मौलिक सस्कृति झल्किने तथा किराती जागरणका गीतहरु प्रस्तुत गरेका थिए ।         कार्यक्रममा किराती मौलिकता झल्कने गतिबिधीका दृश्य तथा सामाग्...

उँभौलीको मझेरीमा बृहत मुन्दुमी साँस्कृतिक साँझ

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ वैशाख । किरात राईहरुको महान चाड साकेला उँभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझको तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिको संयोजनमा आगामी वैशाख–२७ गते दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा मुन्दुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो । किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ, किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका महासचिब पदम थुलुङ राईले सुनाउनुभयो । कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सँगीतकार राई नवीन, गायिका ईन्द्रकला राई लगायतका गायक–गायिकाको प्रस्तुति रहने महासचिब थुलुङ राईले जनाउनुभयो । उँभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझम...

‘भ्वाईस अफ नेपाल’को फाईनलिस्ट रोशनलाई गृह जिल्ला खोटाङमा भव्य स्वागत

#, कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ , १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फाइन चरणमा पुग्नुभएका प्रतियोगी रोशनलाई आज (बुधबार) दिक्तेल बजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा खोटाङका गायक रोशन दिक्तेल बजारको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’सहितको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित हुनुभएको भएको छ । प्रतियोगी रोशनसहितका टोलीलाई दिक्तेलस्थित किरातचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजना गरिएको कार्यक्रमस्थलसम्म ¥यालीसहित स्वागत गरिएको हो । पालुवास्टारले समेत परिचित भ्वाईसका प्रतिस्पर्धी रोशन सोही विद्यालयमा कक्षा–३ देखि माध्यमिक तह (एसएलसी)सम्म प...