Wednesday, June 3

Author: News हेर्नुस्

फोक्सिङटारमा बेलिब्रिज राख्न मन्त्रीको निर्देशन

रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण
खोटाङ, १८ असोज । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा तत्काल बेलिब्रिज राख्न निर्देशन दिएका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएपछि स्थलगत निरिक्षणपछि मन्त्री राईले सो स्थानमा तत्काल बेलिब्रिज राख्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरलाई निर्देशन दिएका हुन् । सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अवरुद्ध भएको छ । पुल नहुँदा खोटाङ र तराईसँगको छोटो यातायाता सम्वन्ध टुटेको छ । पुल बगेसँगै रसुवाघाटको झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने वाध्यता दोहोरिएको छ । निरिक्षणमा असोज १७ गते फोक्सिङटार पुगेका मन्त्री राईले पानीको वहाव घटेसँगै बेलिब्रिज राख्नेगरि प्रकृया थाल्न निर्देशन दिएका हुन् । मन्त्री राईले बेलिब्रिज नराखेसम्मका लागि उदयपुरतर्फ फोक्सिङटारबा...

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

भनाइ/विचार
काठमाडौं, १७ असोज । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा बिहीबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो । दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिए । खुर्कोट–घुर्मी खण्ड ६...

छोराछोरी विदेश पठाउने २१ प्रतिशत ज्येष्ठ नागरिक एक्लोपन: अध्ययन

भनाइ/विचार
काठमाडौं, १७ असोज । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुकाबीचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७ प्रतिशत व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखियो । १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशत उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशत मा शून्य देखियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरुले हीनताबोध गरेका हुन् । यसैकारण उनीहरुमा एक्लोपना र निराशा देखिएको, अध्ययनले देखाएको छ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गरेको अध्ययनले य...

क्रसर र ढुंगाखानीका कारण रोशी र पनौती तहसनहस

भनाइ/विचार
काठमाडौं, १७ असोज । क्रसर र ढुंगाखानीले थिलथिलो बनाएका भीरपाखा दुई दिन लगातार परेको झरीले पग्लिएर पहिरो र बाढी आउँदा रोशी र पनौतीका बासिन्दाले जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ। असोज पहिलो सातासम्म काभ्रेपलान्चोकको रोशी र पनौतीका बासिन्दा रोशी खोला वारपार गरिरहेका थिए। चर्को घाममा कतिपय त खोलामै नुहाइधुवाइ पनि गरिरहेका थिए। रोशीले घरखेत नै बगाउला भन्ने कल्पना नै गरेका थिएनन्, किनकि पानी थोरै थियो। तर रोशी खोला उस्तै रहेन। दुईदिने झरीमा उर्लिएर आएको रोशीले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती बगायो। घरखेत बगरमा परिणत भए। जनधनको ठूलो क्षति भयो। “रोशी खोला छेउछाउका कैयौं बस्ती सखाप भएका छन्। घरखेत, विद्यालय, पक्की पुल बगेका छन्,” रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा भन्छन्, “क्षतिको विवरण संकलन गरिरहेका छौं, सबै ठाउँमा पुग्न भने सकेका छैनौं।” असोज १० गते रातिबाट वर्षा शुरू भएको थ...

आगामी पुसमा मझुवागढी कालिका भगवती वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता

#
खोटाङ, १७ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा मझुवागढी कालिका भगवती वडा स्तरिय पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरिएको छ । वडा कार्यालय लफ्याङको आयोजना तथा नमुना स्पोर्टस् क्लवको सह–आयोजनामा आगामी पुस २० गतेदेखि पुस २७ गतेसम्म वडा स्तरिय पुरुष फुटबल प्रतियोगीताको तयारी गरिएको हो । असोज १७ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा नमुना स्पोर्टस् क्लवका अध्यक्ष सविन राई ‘विज्ञान’ले प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरेको जानकारी दिए । २०७७ सालमा मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कपको नामबाट सञ्चालन गरिएको प्रतियोगीतालाई यसपल्ट मझुवागढी कालिका भगवती दोश्रो संस्करण एलाभेन साइड खुल्ला अन्तर वडा स्तरिय पुरुष फुटबलको नामबाट सञ्चालन गर्न लागिएको हो । स्थानीय रणजितमान राई खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीताका विजेतालाई १ लाख ५१...

आज बाट सोह्र श्राद्ध शुरु ,पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा सोह्रश्राद्ध गर्नेहरुको घुइँचो

भनाइ/विचार, विदेश/प्रवास
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि...

आज आधिकांश स्थानमा मौसम सफा रहने :मौसम विज्ञान विभाग

भनाइ/विचार, विदेश/प्रवास
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा...

बालश्रममा परेका बालबालिकाको उद्धार र रेखदेखमा जुट्दै एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

फोटो/भिडियो, भनाइ/विचार
काठमाडौँ, सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठाइएको छ । कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो साामजीक सञ्जालमा भाइरल भएपछि महानगरले उसलाई उद्धार गरेको थियो ।पढाइ छोडेर कामको लागि काठमााडौँ आएका कविन्द्र भन्छन् ‘एस्थर बेन्जामेनमा आएपछि छोडेको पढाइलाई फेरी निरन्तरता दिन पाए ।’ त्यसतै भोजपुरका १४ वर्षिय सोनाम गुरुङ्गतीन जना साथीसँग काम गरेर जीविकोपार्जन गर्न काठमाडौं आएका थिए । ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरिएको थियो । उद्धार पछि उनलाई पनि ललितपुर महानगरले एस्थर बेन...

नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी,३५ प्रतिशत भारत को देखियो

जनमत/प्रतिक्रिया, फोटो/भिडियो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९÷८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९५ अर्ब ५० करोड कायम छ...

बैंकिङ कसूर तथा सजाय ऐन लाई संशोधन गर्ने विधेयक माथि अर्थसमितिमा छलफल

फोटो/भिडियो, भनाइ/विचार
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका छन् । सांसदहरु ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, डा तोसिमा कार्की, रोशन कार्की, बिमला सुवेदी, दुर्गा राई, भगवती चौधरी, ठाकुरप्रसाद गैरे, दामोदर पौडेल बैरागीलगायतले संशोधन प्रस्ताव राख्नुभएको छ । त्यस्तै चन्द्रबहादुर विश्वकर्मा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, सुनिलकुमार शर्मा, पदम गिरी, महेशकुमार बतौला, सोविता गौतम, प्रेम सुवालको पनि संशोधन प्रस्ताव परेको छ । सांसदहरु सुशीला थिङ र रमा कोइराला पौडयाल तथा विद्या भट्टराई, ईश्वरी घर्ती, सरिता भुसाल, सरस्वती सुब्बा र दीपा शर्माले संयुक्त रुपमा संशोधन प्रस्ताव हाल्नुभएको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरु दुर्गा राई, श्यामकुमार घ...