किरात समुदायको चाड ‘साकेला उँधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन
खोटाङ, ३० मङ्सिर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (आइतबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गरेका छन् ।
पन्ध्र दिनसम्म मनाइने उँधौली साकेला चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोकिएका ठाउँ तथा पर्यटकीयस्थलहरुमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली पर्दशन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायतका साकेला थानहरुमा साकेला सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ ...
