बराहपोखरी गाउँपालिकाले शुरु ग¥यो आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह
खोटाङ, ११ माघ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात् गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधायुक्त चारतले प्रशासनिक भवन निर्माण गरेर सेवा प्रवाह शुरुवात् गरिएको हो ।
गाउँपालिका र सङ्घीय सरकारको संयुक्त रु छ करोड दश लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको जनाइएको छ । गाउँपालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।
सङ्घीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाइएको गाउँपालिका प्रमुख शालिकराज बञ्जराले जानकारी दिनुभयो । “सङ्घीय सरकारले भनेजति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माणको काममा केही समय ढिलाइ पनि भयो । निर्माण शुरु गरिएको भवन अलपत्र हुने अवस...
