Sunday, August 2

नेपाल बैङ्कले प्रदान ग¥यो ट्राफिक प्रहरीलाई ट्राफिक सामग्री

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ ७ फागुन । नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई ट्राफिक सामग्री प्रदान गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित बैङ्कले दिक्तेल शाखा कार्यालयमार्फत रु ७५ हजार बराबरको ट्राफिक सामग्री ट्राफिक प्रहरीलाई प्रदान गरेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा मुख्य नाकाहरुमा राख्नेगरी दश थान गति सिमित बोर्ड, आठ थान सडक डिभाइडर र पाँच थान नो पार्किङ बोर्ड लगायतका सामग्री प्रदान गरिएको शाखा कार्यालय दिक्तेलका प्रमुख रामभुषण सिंहले जानकारी दिनुभयो । बैङ्कले उपलब्ध गराएको ट्राफिक सामग्री नेपाल बैङ्क लिमिटेड कोशी प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख ज्ञानेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न बैङ्कले गरेको यो सहयोग जिल्लाका ल...

हलेसीका आगलागी पीडितका लागि एकैदिन रु ११ लाख पाँच हजार राहत सङ्कलन

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागी पीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु दश लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्ट्रक्सन प्रा.लि. हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो । हलेसी बजारका आगलागी पीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुई÷दुई दिन तथा शिक्षक र करारका कर्मचारीको एक÷एक दिनको सेवासुविधा उपलब्ध गराइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । हलेसी बजारका आगलागी पीडितका लागि माछापुछ«े बैङ्क हलेसी शाखामा खाता खोलेर क्यूआरमार्फत समेत रकम जम्मा गर्न मिल्ने...

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रु सात करोड ३० लाख बढीको क्षति

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी रु दुई करोड ५० लाख ब...

खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलिन्डरबाट साँझ छ बजेतिर शुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायका टोलीले राति करिब ११ः०० बजे नियन्त्रणमा दिएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराछ राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति भएको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलोमात्रामा धनमाल लजेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुख्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगलागी नियन्त्रणमा लिन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आं...

जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ फागुन । जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई चयन हुनुभएको छ । पार्टीका केन्द्रीय सहअध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यमा दिक्तेलमा भएको पार्टी पुनः गठन कार्यक्रमबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी राई अध्यक्षमा चयन हुनुभएको हो । जसपा नेपालको पुनः गठित ३३ सदस्यीय जिल्ला समन्वय समितिको उपाध्यक्षमा रावाबेँसी गाउँपालिका–६ हौँचुरका गणेश खड्का र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका धनिराम नछुङ, सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका हंशराज राई तथा कोषाध्यक्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका शान्तिकला राई चयन हुनुभएको छ । केन्द्रमा उपेन्द्र यादव र अशोक राईले पार्टी विभाजन गरेर छुट्टछुट्टै पार्टी दर्ता गरेपछि खोटाङमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पुनः गठन गरिएको शनिबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिए...

एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले स्थापना ग¥यो सामाजिक परामर्श सेवा केन्द्र

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको छ । जिल्लाका नागरिकले प्रशासनिक काम गर्दा खेप्दै आएका झमेलालाई सहजीकरण गरेर छिटो तथा सजिलो तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यसहित एमाले नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको हो । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा स्थापना गरिएको सामाजिक परामर्श सेवा केन्द्र बिना राजनीति जुनसुकै पार्टीसँग आस्था राख्ने नागरिकलाई विशुद्धरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको एमाले नगर समितिका अध्यक्ष गोपालचन्द्र आचार्यले बताउनुभयो । “जिल्लास्थित सरकारी कार्यालयमा प्रणालीगत अनविज्ञताका कारण प्रशासनिक काम गर्न आउने सेवाग्राहीले धेरै दुःख पाउने गरेका छन् । उनीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन हामीले सामाजिक परामर्श सेवा केन्...

वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रम अन्तरगत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराएको हो । वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले जानकारी दिनुभएको छ । “खार्मीमा व्यवसायिक मौरी पालनका लागि ८० वटा आधुनिक घार वितरण गर्ने कार्यक्रम छ । पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी छवटा केही...

गैरसरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा पुनः युवराज रिजाल

कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ फागुन । गैरसरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा युवराज रिजाल पुनः दोहोरिनुभएको छ । गैसस महासङ्घ खोटाङको सातौँ जिल्ला अधिवेशनले रिजाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गीता थापा, सचिवमा दानबहादुर राई, उपसचिवमा पार्वती आचार्य र कोषाध्यक्षमा कञ्चन परियारलाई चयन गरेको छ । समितिको सदस्यहरूमा उर्मिला पोखरेल आचार्य, निरकाजी आचार्य, भक्त विश्वकर्मा, निलु थुलुङ, कमला घिमिरे, प्रेम श्रेष्ठ, सुवती राई र सुवासचन्द्र आचार्यलाई चयन गरेको छ । जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  ...

वडासचिवमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न तीन कर्मचारी सङ्गठनको माग

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ फागुन । दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–१५ विजयखर्कका वडासचिव होमनाथ ढकालमाथि कार्यालय समयमा कार्यकक्षभित्रै कुटपिट गर्ने समूहलाई तत्काल कानूनी कारबाही गर्न खोटाङका तीन कर्मचारी सङ्गठनले माग गरेको छ । गत माघ–२८ गते विजयखर्कस्थित वडा कार्यालयमा काम गरिरहनुभएका ढकालमाथि कुटपिट गर्नमा संलग्न वडासदस्य युवबहादुर कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थायी समिति सदस्य राजकुमार ढकाल लगायतलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती र एकीकृत सरकारी कर्मचारी सङ्गठन खोटाङले आज (शुक्रबार) संयुक्त विज्ञप्तिमार्फत माग गरेको हो । “स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि गुण्डागर्दी शैलिमा कुटपिट हुनुका साथै सार्वजनिक सम्पत्तिमाथि तोडफोड हुनु कानूनी राज्यको...

जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा गरिएको आन्दोलन होइन : वर्षमान पुन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ फागुन । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा गरिएको आन्दोलन नभइ देश र जनताको मुक्तिका लागि गरिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको ‘३० औँ जनयुद्ध दिवस–२०८१’लाई सम्बोधन गर्नुहुँदै नेपाल सरकारका एवम् पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले जनयुद्ध नेपाली जनताको आन्दोलन भएको जिकिर गर्नुभयो । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पुनले माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्राप्त उपलब्धीहरु ५० औँ वर्षसम्म रहिरहने दाबी गर्नुभएको छ । “जनयुद्धलाई इतिहासले स्वीकार गरिसकेको छ । जनयुद्धबाट शुरु भएको जनआन्दोलन इतिहास हो”, उहाँले भन्नुभयो, “जनयुद्धकै जगमा भएको जनआन्द...