खोटाङमा चट्याङ लागेर र बार्दलीबाट लडेर दुईजनाको मृत्यु
खोटाङ, ९ चैत । चट्याङ लागेर र बार्दलीबाट लडेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी २१ महिने शिशु अनुसोया पोखरेलको मृत्यु भएको हो ।
शनिबार बिहान करिब ४ बजेको समयमा दिलकुमारीलाई घरको आँगनमा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेर मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो ।
दिलकुमारीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले शनिबार बिहान ७ ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटना...
