दिक्तेलमा पुस दोस्रो साता ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गरिने
खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पु¥याउनका लागि ‘जैविक विविधता ः रेड पान्डा र थार–संरक्षण संवद्र्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ दिक्तेल बजारमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि गत चैत–२५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाहको आधारमा सम्मेलन गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “जलवायु परिवर्तनसँगै मानव तथा प्राणीको अस्तित्वलाई सुरक्षित राख्न, जैविक विविधताको संरक्षण गर्न, हरियाली प्रवद...
