फोक्सिङटार पुलको विकल्पमा ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक बन्दै
खोटाङ, ४ जेठ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पको रुपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम शुरु गरिएको हो ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड २० लाखमा पूरा हुने सडक पहिलो चरणमा रु ४५ लाखबाट निर्माण शुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गर्नुभएको छ ।
गत असोज–१२ गते आएको भीषण बाढी बगाएको फोक्सिङटारको पुल पुनः निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भ...
