खार्मीमा शिविरमार्फत वितरण गरिएको अधिकांश राष्ट्रिय परिचयपत्र दर्ताविहीन
–रामधन राई
खोटाङ, ११ भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङबाट जारी गरिएको राष्ट्रिय परिचयपत्र अधिकांश दर्ताविहीन पाइएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सामाजिक सुरक्षा भत्ता लाभग्राहीको राष्ट्रिय परिचयपत्र अधिकांश दर्ताविहीन पाइएको हो ।
लाभग्राहीको सहजताका लागि वडा कार्यालय खार्मीमा सञ्चालन गरिएको सामाजिक सुरक्षाभत्ता नवीकरण शिविरमा राष्ट्रिय परिचयपत्र साथैमा लिएर गएका लाभग्राहीको राष्ट्रिय परिचयपत्र ‘सिस्टम’मा दर्ता नभेटिएको वडा सचिव होमनाथ खनालले बताउनुभयो । भदौ–६ र ७ गते वडाले सञ्चालन गरेको सिफारिस तथा नवीकरण कार्यमा २०७७ सालमा बनाइएको राष्ट्रिय परिचयपत्रको दर्ता नपाइएको हो ।
करिब १०० जना लाभग्राहीको राष्ट्रिय परिचयपत्रको रेकर्ड नपाइएको सचिव खनालको भनाइ छ । जिल्ला प्रशासन कार्यालय खोटाङको टोलीले वडामै शिविर सञ्चालन गरी बनाइदिएको राष्ट्रिय परिचयपत्रको दर्त...
