Wednesday, June 3

सुन तोलामा साढे ९ हजार बढ्यो,कति पुग्यो भाउ ?

२५ माघ,काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो।

महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको जनाएको छ ।

आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।