Wednesday, June 3

त्रिविले सञ्चालनमा ल्यायो आफ्नै आधिकारिक युट्युब च्यानल

१५ माघ,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले युट्युब च्यानल सञ्चालनमा ल्याएको छ।

त्रिविले आज बिहिबारदेखि विद्यार्थी,क्याम्पस वा कलेजहरुको सहजताका लागि आफ्नै आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएको जनाएको हो ।
युट्युव च्यानलको नाम : TU Office of the Controller of Examinations YouTube Chanel  रहेको छ।

लिंक : https://www.youtube.com/@OCOE-AK रहेको छ। त्रिविका अनुसार अनलाइन परीक्षा फाराम, तालिका, रिटोटलिङ, नतिजा सम्बन्धी कुनै पनि समाचार,विषयहरू यस च्यानल मार्फत अपडेट गरिनेछ।