Monday, September 14

टोखा झोरमा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

टोखा नगरपालिका र टोखा नगरपालिका वडा नम्बर १ को संयुक्त आयोजना मा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  ।

साहित्य जगेर्ना तथा प्रवर्द्धन  गर्नका निमित  आयोजनामा गरिएको  कार्यक्रममा टोखा नगर पालिकाका नगरप्रमुख  प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको यस  कार्यक्रममा   बरिष्ठ   साहित्यकार डा० दामोदर पुडासैनी, मुक्तकार संन्तोष अमागाई तथा  साहित्य विधा कै हस्तिको रुपमा परिचित वासुदेव गुरागाई लगायत विशिष्ट ओहोदाका साहित्य संग सम्बंधित व्यक्तिहरुको  उपस्थिति रहेको थियो ।

झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित  कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा लामो समय  कलम चलाएका श्रष्ठाहरु लाई सम्मान गरिएको थियो  । जसमा  झोरका स्वर्गीय मंगलबहादुर तामाङ, स्वर्गीय भैरव अधिकारी, नरहरी दुलाल, श्यामकाजी श्रेष्ठ, शुदर्शन अधिकारी, सुमन कुमार धिताल, सुन्दर लामिछाने, ईश्वरीप्रसाद अधिकारी, महेश्वर अधिकारी, दिपेन्द्र घिमिरे, आंचलकुमार शर्मा, शिव शर्मा, माधब बिडारी, हरिकृष्ण धिताल र रेणु अधिकारीलाई प्रमाण पत्र तथा नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाइ सम्मान अर्पण ,रचना बाचन र बहस  तथा छलफल गरि तिन तह मा बिभाजन गरि कार्यक्रम सम्पन्न भएको थियो। टोखा १ तथा अन्य स्थान बाट पाल्नु भएका अन्य साहित्य  क्षेत्रका हस्ती तथा साहित्यप्रेमीहरु ले पनि आ-आफ्नो रचना बाचन गरेर कार्यक्रम को शोभा बढाएका थिए ।

श्रस्टा र सर्जक लाइ हौसला र माया दिने उद्देश्यका साथ् संचालन भएको यस कार्यक्रममा उल्लेख्य रुपमा सहभागीहरुको उपस्थिति रहेको थियो । श्रस्टा तथा सर्जकलाइ उत्साह दिन यस्तो कार्यक्रम गरिएको कार्यक्रमका सहजकर्ता गीतकार हरिकृष्ण धिताल (एच. के. धिताल) ले बताउनु भयो ।