दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सुरु गरिएको छ । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनः निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख दाहालका अनुसार भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको हो ।...
